Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगातार घट्दै सुनको भाउ, आज पनि १२ सय घट्यो


    बिहिबार, असोज ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सुनचाँदीको भाउ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

    आज सुनको भाउ प्रतितोला १ हजार २ सय घटेर ९३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा १ हजार २ सय नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

    केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घले जनाएको छ । यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार