Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोले सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध


    बिहिबार, असोज ८ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । दुई दिनदेखिको वर्षाका कारण सन्धिखर्क–गोरुसिंगे सडकमा ठाउँ–ठाउँमा पहिरो जाँदा बिहीबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । दहखोला, खाँचीकोट, ठाडालगायत क्षेत्र पहिरो खसेको छ । 

    सेना, प्रहरी र स्थानीयको सक्रियतामा पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । तर, सिमसिम पानीसँगै पहिरो खस्न नथामिएकाले काम गर्न मुस्किल परेको छ ।

    भूमिकास्थान नगरपालिका–६ र ७ का धेरै ठाउँमा पहिरो गएको छ । त्यहाँ गोठ भत्केर एउटा भैंसी, वडा ९ ढिकुरामा ८ बाख्रा, दुई भैंसी र एउटा राँगो मरेका छन् । मालारानी गाउँपालिका–५ मा पनि गोठ भत्किँदा च्यापिएर दुई भैंसी मरेको नायब प्रहरी उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार