Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँमा पृथ्वी राजमार्ग भासिँदा सडक अवरुद्ध


    बुधबार, साउन २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । अविरल वर्षासँगै पृथ्वी राजमार्गस्थित तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ मा सडक भासिएको छ । आज मध्याह्न साढे १२ बजेको समयमा पृथ्वी राजमार्गको सडक भासिएर यातायात अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।

    सडक भासिएसँगै दुई तर्फी सवारी साधन आवतजावत बन्द भएसँगै चाइनिज कम्पनीसँग समन्वय गरी सडक मर्मतको पहल भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अविरल वर्षासँगै सडक भासिन पुगेको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार