Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले सांसदहरुको नाराबाजीपछि संसद् बैठक २६ गतेसम्म स्थगित


    बुधबार, साउन २४ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी नेकपा एमालेले आज पनि अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

    आज बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि स्थगित गरिएको हो ।

    बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए ।

    सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका अरू सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुगे ।

    त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार