काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल सुरु गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर छलफल सुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताए ।
नेपालमा विगत र वर्तमानका सडक अवस्था, जोग्राफिकल जियोग्राफी र भविश्यमा कस्ता सडकमा बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरिएको छ । छलफलमा मन्त्री ज्वालाले भौगलिक विकताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतिलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञ टोलीसँग राय सल्लाह मागेका छन् । ‘सडक गाउँबस्तीमा पुरयाउने हो, तर हाम्रा धेरै गाउँबस्तीहरु चुरे र महाभारत शृखंलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौति छन् ।’
पूर्वाधार विज्ञ सुरेशराज आचार्य, विज्ञ मेघराज घिताल, फ्रोफेसर डा. तारानिधी भट्टराई, बिबी देउजालगायतका विज्ञसँग छलफल सुरु गरेका छन् । विज्ञ टोलीले दृश्यसहितको प्रस्तुति गरेको छ । धेरै खर्चिलो भएपनि नेपालको भूगोलअनुसार सुरुङ मार्गमा जान विज्ञ टोलीले सुझाव दिएको छ ।
जति राम्रो सडक बनाएपनि वाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकहरुको तत्तकाल अध्ययन थाल्न बिज्ञ टोलीले सुझाव दिएको छ । छलफलमा मन्त्रालयका सवै सहसचिवको पनि सहभागिता रहेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend