काठमाडौं । नेपाल टेलिकमले काठमाडौंबाट भैरहवा पठाउने क्रममा १० लाख रुपैयाँ बराबर करिब २० हजारथान रिचार्ज कार्ड हराएको छ । करिब दुई साताअघि ढुवानी कम्पनीमार्फत पठाइएका ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।
तर, यी रिचार्ज कार्ड टेलिकमको सिस्टममा इन्ट्री नभइसकेका कारण रिचार्ज गरेमा पैसा नजाने टेलिकमले जनाएको छ ।
हराएका रिचार्ज कार्डबाट ग्राहक ठगिन सक्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आशंका व्यक्त गरे ।
टेलिकमको वायरलेस सेवा निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएका हुन् ।
यी रिचार्ज कार्डहरू क्यास कार्ड हुनका लागि अथवा यो रिचार्ज गर्दा फोनमा पैसा जान पहिले टेलिकमको सिस्टममा इन्ट्री हुनुपर्ने प्रवक्ता अधिकारीले बताए ।
“क्यास कार्ड नभइसकेका कारण यी रिचार्ज कार्डबाट टपअप हुँदैन, अथवा फोनमा पैसा जाँदैन । त्यसैले भेट्टाउने कसैले खरिद–बिक्री गरेमा ग्राहकहरू ठगिन सक्छन्,” प्रवक्ता अधिकारीले भने ।
ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिद गर्न नहुने उनले बताए ।
सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद–बिक्री नगर्न निर्देशनालयले ग्राहक तथा वितरकलाई आग्रह गरेको छ ।
यी सिरियल नम्बर भएका रिचार्ज कार्ड कतै पाइएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाउन पनि निर्देशनालयले आग्रह समेत गरेको छ ।

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend