Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. बाबुराम भट्टराईको टिप्पणी- गौर हत्याकाण्डबारे केही गर्न नसकेकोमा आत्मालोचित छौं


    बुधबार, साउन २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका छन् ।

    ट्वीट गर्दै उनले भनेका छन्, ‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे (गौर हत्याकाण्डबारे) केही गर्न नसकेकोमा आत्मालोचित छौं ।’

    बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

    यस सहमतिप्रति लक्षित गर्दै डा.भट्टराईले लेखेका छन्, ‘गौर हत्याकाण्डको आन्तरिक र बाहृय जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न ।’

    गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको घटना नभएको पनि उनले बताए ।

    ‘स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन । यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढंगले मच्चाएको नृसंस हत्याकाण्ड थियो’ डा.भट्टराईले उल्लेख गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार