Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश २ मा कोरोना सङ्क्रमित घट्न थाले


    बुधबार, असोज ७ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनुषा । प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थालेको छ । आज प्रदेश २ मा ३७ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् ।
    स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजयकुमार झाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज ९ महिला र २८ पुरुष गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले थप ३७ सहित प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १३ हजार १०८ पुगेको र सक्रिय सङ्क्रमित पाँच हजार ८०३ रहेको बताउनुभयो ।

    झाले आज थपिएकामा सिरहामा ६, धनुषामा एक, सर्लाही र सप्तरीमा १५ ÷ १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँले आज कोरोना भाइरसका कारण प्रदेश नं।२ मा सिरहाको औरही गाँउपालिका वडा नं।३ का एक ५० वर्षीय पुरुषको मृत्यु भएको बताउनुभयो । योसँगै प्रदेश २मा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार