Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढीले जीप बगाउँदा एकको मृत्यु , दुई जना बेपत्ता


    बुधबार, असोज ७ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चन्द्रौटा । कपिलवस्तुमा बाढीले आज जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो । वाणगङ्गा– ९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ ।

    नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए । घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको जनाइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार