Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको नयाँ निर्वाचन मिति मंसिर २७ मा


    बुधबार, असोज ७ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन मङ्सिर २७ गतेलाई तोक्ने निर्णय भएको छ ।

     

    स्रोतका अनुसार असोज २४ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित गर्दै ‘अर्को निर्वाचन नहुन्जेलसम्म आधिकारिक ट्रेड युनियनको समय २०७८ वैशाख मसान्तसम्म थप्ने’ मङ्गलवारको मन्त्रिपरिषद् बैठकको निर्णयलाई सच्याउँदै दुई महिना पछि सारेर मङ्सिर २७ गते तोकिएको छ ।

    ‘स्थगित गर्ने निर्णय त भयो तर कानुनी आधार नभएकोले कार्यान्वयनमा जटिलता उत्पन्न हुने देखिएपछि आजको छलफलबाट मङ्सिर २७ गतेलाई सार्ने निर्णय भएको छ’, स्रोतले भन्यो ।

    यसअघि सरकारद्वारा घोषित समयावधिभित्रै निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै तयारी पुरा गरी सकेको भए पनि ट्रेड युनियनकर्मीहरूकै अनेक गुट-उपगुटको खिचातानीका कारण कोरोना सङ्क्रमणलाई देखाउँदै स्थगित गर्ने निर्णयसम्म पुगेको थियो । तर निर्वाचन स्थगित गर्ने कानुनी आधार नभेटिएपछि थप सङ्कट उत्पन्न हुन गई सरकारलाई नै अफ्ठेरोमा पार्ने अवस्था सिर्जना भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार