Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • भाडावृद्धिको निर्णय फिर्ता लिन १३ विद्यार्थी संगठनले दिए सातदिने अल्टिमेटम


    बुधबार, असोज ७ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । १३ विद्यार्थी संगठनले भाडावृद्धिको निर्णय फिर्ता लिन सातदिने अल्टिमेटम दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई बुधबार मागपत्र बुझाउँदै विद्यार्थी संगठनले माग सम्बोधनका लागि अल्टिमेटम दिएका हुन्।

    अनेरास्ववियुकी नेतृ सुनिता बरालका अनुसार लकडाउन हटाएपछि लामो तथा छोटो दूरीका यातायातमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडावृद्धि गर्ने निर्णयले आमयात्रुमा असहज परिस्थिति निर्माण गरेको भन्दै  विद्यार्थी संगठनले खारेजी गर्न माग गरेका हुन् । 

    मागपत्रमा  हवाईजहाजमा जस्तै बसहरूमा पनि पूर्ण क्षमता यात्रुहरू राख्न दिनुपर्ने, सिट क्षमताभन्दा बढीसमेत यात्रु राखी भाडा भने दोब्बर असुल्ने गरी भएका गतिविधि तुरुन्त अन्त्य हुनुपर्ने, पुराना गाडी चलाई  दुर्घटना निम्त्याउने व्यवसायीलाई कडा कारबाही गर्नुपर्नेलगायतका विषय समेटिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार