Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीयताबारे नकारात्मक टिप्पणी नगरौं : मन्त्री मोदी


    मंगलबार, साउन २३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै स्थानीय सरकरले गरेका केही कमीकमजोरीलाई लिएर संघीयताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन्।

    साथै मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघीयता कमजोर नहुने जिकिर गरे।

    व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वाभाविक रहेको मन्त्री मोदीले बताए।

    केही व्यक्ति र समूह संगठित रुपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको उनकाे भनाइ छ।

    स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतको अनुभव र कमजोरीहरू अहिलेको लागि मार्गदर्शक हुने हुँदा नकारात्मक टिप्पणी नगर्न उनकाे आग्रह छ।

    यस्तै कार्यक्रममा संघीय मामिलामन्त्री मोदीले काठमाडौं उपत्यकाभित्र वर्षौंदेखि बसिरहेका (मन्त्रीको भाषामा अखडा जमाएर बसेका) कर्मचारीहरूलाई उपत्यका बाहिर पठाएको जिकिर गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार