Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदको अवरोध हटाउने प्रयासमा शीर्ष नेताहरु आज पनि छलफलमा


    मंगलबार, साउन २३ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन् ।
    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा प्रमुख सचेतकहरुसमेत सहभागी छन् ।
    करिब सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको अवरोध खुलाउन सोमबार सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर सहमति जुट्न भने सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार