Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला विश्व कप फुटबल : आज अन्तिम १६ का खेल हुँदै, कोलम्बिया र जमैका खेल्दै


    मंगलबार, साउन २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। फिफा महिला विश्व कप फुटबलमा आज (मंगलबार) अन्तिम १६ का अन्तिम दुई खेल हुँदैछन् ।

    आज हुने पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे कोलम्बिया र जमैका तथा दोस्रो खेलमा बेलुका पौने ५ बजे फ्रान्स र मोरक्कोबीच भिडन्त हुनेछ । आजको खेलबाट अन्तिम ८ मा पुग्ने थप दुई टोलीको टुङ्गो लाग्नेछ ।

    आयोजक अष्ट्रेलियासहित ६ टोली इङ्ग्ल्यान्ड, स्वीडेन, नेदरल्यान्ड्स , जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । सहआयोजक न्युजिल्यान्ड समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि बाहिरिएको थियो ।

    क्वाटरफाइनलका खेल शुक्रवारदेखि शुरु हुनेछन् । महिला विश्व कप अगस्ट २० तारिखसम्म चल्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार