Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३७ किलो चरेससहित दुई महिला नियन्त्रणमा


    बुधबार, असोज ७ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । कपिलवस्तु प्रहरीले ३७ केजी चरेससहित कृष्णनगरबाट दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।

    सो नगरपालिकाको वडा २ स्थित कृष्णनगर बसपार्कबाट शंकास्पद रुपमा भारततर्फ जाँदै गरेको अवस्थामा सो परिमाणको चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको मनोहरी गाँउपालिका ९ की ४० वर्षीय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भइ हाल कपिलवस्तुको जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ वर्षीय बसन्ती घर्ती रहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार