Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख घिमिरेसहित शीर्ष नेता पुन: छलफलमा, सय किलो सुन तस्करी छानबिनमा एमालेको अडान कायमै


    सोमबार, साउन २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सदनको अवरोध हटाउनेबारे प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख पुन: छलफलमा जुटेका छन् । यसअघि सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन निस्किएको थियो । नेताहरू पुन: बस्ने गरी उक्त बैठकबाट उठेका थिए ।

    नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, दलका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

    एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ । प्रधानमन्त्री प्रचण्ड भने समिति बनाउन तयार नभएको एमाले सचेतक महेश बर्तौलाले बताए ।

    प्रधानमन्त्रीले गठबन्धनमा छलफलका लागि एक घण्टाको समय मागेका थिए । सोमबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मको लागि सूचना टासेर स्थगित गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार