Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय समितिमा भागबण्डा मिल्यो, राप्रपा र रास्वपा आउट


    सोमबार, साउन २२ २०८०
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तासाझेदार दलहरूबीच संसदीय समितिको भागबन्डा मिलेको अर्थात् टुंगो लागेको छ। सत्तारुढ नेकपा (माओवादी केन्द्र)को आज बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा टुंगो लागेको जानकारी गराएका हुन्।

    प्रचण्डले जानकारी गराएअनुसार कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने समितिको नेतृत्व दिन नसकिएको समेत प्रचण्डले गुनासो गरेको एक सांसदले बताए। संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० र राप्रपाका १४ सांसद छन्।

    संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन्।

    मध्याह्न १२ बजे सभामुखको कार्यकक्षमा हुने प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा समितिको सभापतिको निर्वाचनको टुंगो लाग्ने छ।

    यस्तै प्रचण्डले संसदीय दलमा जानकारी गराए अनुसार नेपाली कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई विशेष समिति, राज्य व्यवस्था समिति र कृषि समितिको नेतृत्व गर्नेछ। एमालेलाई तीन समिति दिन यसअघि नै सत्ता पक्ष तयार भइसकेको छ।

    उसले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेतृत्व पाउने भएको छ।

    एमालेलाई सार्वजनिक लेखा समिति मात्रै दिनेबारे सत्तारुढ दलमा छलफल भएको भए पनि आफूले तीन समितिका लागि प्रयास गरेको प्रचण्डले बताएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार