Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँमा आज पनि निर्माण व्यवसायीको जुलुस


    सोमबार, साउन २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आज पनि महासंघ कार्यालय, अनमनगरदेखि नयाँ बानेश्वरसम्म सिठ्ठी जुलुस गरेको छ।

    महासंघले दोस्रो चरणको आन्दोलनको कार्यकम सार्वजनिक गरेअनुसार भुक्तानी, म्याद थप लगायतका नौ बुँदे माग राखी सेफ्टी हेल्मेट र ज्याकेट लगाइ हातमा कालोपट्टिसहित सिठ्ठी जुलुस निकालेकाे हाे।

    व्यवसायीहरूले ‘सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’, ‘जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर’, ‘व्यवहारिक माइल स्टेन खारेज गर’, ‘गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता’, ‘उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर’, ‘खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर’ र ‘निर्माण व्यवसायी एकता जिन्दावाद’ लेखेको प्लेकार्डसमेत प्रदर्शन गरेका छन्।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताएका छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार