Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास जग्गा प्रकरणः मीनबहादुरलाई ४० दिनदेखि कष्टडी, मारवाडी ब्यापारीलाई आममाफी


    सोमबार, साउन २२ २०८०
    7.5K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । दोहोरो नागरिकता लिने कतिपय ब्यापारीहरुले कमसल धितो राखेर बैंक डुबाउने नियतका साथ अर्बौ रुपैयाँ अपचलन गरेका  समाचार बारम्बार आउने गरेका छन् । तर, सरकार मुकदर्शक छ ।

    बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बिभिन्न वाणिज्य बैकको  ठूलो परिमाणको रकम अपचलन भएको छ । यसैका कारण बैंकको खराव कर्जा बढेको छ । कतै मारवाडी ब्यापारीहरुलाई सुरक्षा निकायकै  मिलेमतोमा भगाइएको छ । त्यसो त मारवाडी ब्यापारी मोहनगोपाल खेतानले विदेशी मुद्रा अपचलन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाले कारबाही गर्न आदेश दिएका थिए ।

    पछिल्लो समयमा मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयल,  श्रवणकुमार गोयल, देवांशी गोयललगायतका मारवाडीहरुलाई सुरक्षा निकायकै मिलेमतोमा भगाइएको भन्ने आरोप लागेको छ ।  मारवाडी सेवा समितिका अध्यक्ष समेत रहेका गोयलले ललिता निवास जग्गा काण्डमा २६ रोपनी जग्गा हत्याएका थिए । उनको नेपाल र भारत दुबै देशको नागरिकता रहेको बुझिन आएको छ । उनी चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका ट्रेडमार्क चोरी गरी दर्ता गर्नेमा अग्रपंक्तिमा पर्दछन् । जापानी पेन्ट कान्साई नेरोलिकको ट्रेडमार्क चोरी गरी दर्ता गरेका गोयलले अदालत सेटिङ गरी आफ्नो पक्षमा आदेश गराउँदैआएका छन् । उनको जिल्लादेखि उच्च हूँदै सर्वोच्च अदालतका न्यायाधीशको बेडसम्मै पहुँच छ ।

    ललिता निवासमा क्याम्पभित्र गोयल परिवारका नाममा २६ रोपनी जग्गा छ । २९ रोपनी जग्गा किनेका मीनबहादुर गुरुङलाई पक्राउ गरी हिरासतमा राखेको सीआईबीले कैलाशचन्द्रसहित उनको परिवारका कसैलाई पनि पक्राउ गर्नु त कता हो कता पूर्जी समेत माग नगरेको स्रोतले बताएको छ । उनलाई हालसम्म पनि सीआइबीले पक्राउ गर्नसकेको छैन ।

    त्यसैगरी मारवाडी समुदायकै सीपीका खेतानलाई पनि जग्गा फिर्ता गर्ने शर्तमा तारेखमा छाडिएको छ । तर, भाटभटेनीको चेन ब्यापारमा नाम कमाएका मीनबहादुर गुरुङलाई पक्राउ गरी जेलमा राखिएको छ । उनले दशौं हजारलाई रोजगारी दिएका छन् । तथापि गुरुङलाई तारेखको  सुविधासमेत दिइएन । त्यसै गरी सुनकाण्डमा चर्चित तस्कर खेलाडी तथा विवादित ब्यापारी राकेश अकुडीयालाई हालसम्म पनि पक्राउ गर्न  सकिएको छैन ।

    बालुवाटार ललिता निवास जग्गा प्रकरणमा  भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीले विभिन्न शक्तिकेन्द्र मिलाएर १ सय ४३ रोपनी सरकारी जग्गा आफ्नो नाममा ल्याएका थिए । यसरी सरकारी जग्गा खाने भूमाफियाहरुको सत्य तथ्य तत्कालीन गृहसचिव प्रेमकुमार राईले बनाएको शारदाप्रसाद त्रिताल समितिको छानविन टोलीले बाहिर ल्याएको थियो । ललिता निवास जग्गा प्रकरणमा न्यायाधीश कुमार रेग्मीलाई पनि माफ दिइएको छ । उनलाई लैनचौरको शक्तिकेन्द्रले बचाएको आरोप लाग्दै आएको छ ।

    ९ आना जग्गा भएका न्यायाधीश रेग्मीले १० आना बिक्री गरिसकेका छन् भने करिब २ आना अझै उनको नाममा छ । तर उनलाई भने सीआईबीले छानबिनको दायारामा ल्याउन सकेको छैन । रेग्मीले कानुनी सेवा दिएबापतको शुल्कका रुपमा लिएको उनले बताइसकेका छन् । तर कानुनी सेवाबापतको शुल्क जिन्सीमा लिन नपाउने आचारसंहितामा छ ।  ललिता निवास जग्गा प्रकरणमा हालसम्म २० जना थुनामा परेका छन् ।

    पानामा पेपरमा अफसोर कन्ट्रीबाट कालोधन नेपालमा भित्र्याउने किया मोटर्सका संचालक सुहृद घिमिरेले पनि ललिता निवासको १५ रोपनी जग्गा सासु इन्दु शर्माको नाममा दर्ता गरेका छन् । त्यो जग्गा उनले पछि आफ््नै ब्यापारिक साझेदार पुरुषोत्तम पौढ्याललाई बिक्री गरेको पाइएको छ ।

    त्यसैगरी, गोविन्द संघाई, कैलाश गोयल, संगीता बोथरा, सन्दीप सारडा, मनोज केडिया जस्ता मारवाडी ब्यापारीको ललिता निवासमा जग्गा रहेको छ । ललिता निवासको जग्गा प्रकरणमा मीनबहादुर गुरुङ पक्राउ परेको ४० दिन बितिसक्दा पनि यी मारवाडी ब्यापारीहरुलाई भने सीआईबीले पक्राउ पूर्जी समेत नल्याई संरक्षण गरेको छ । यसले सीआईबी नेपाली मूलका ब्यापारीमाथि पूर्वाग्रही भएको भएको सन्देश गएको छ । सीआईबीले मारवाडी ब्यापारीहरुलाई आर्थिक चलखेलमा पक्राउ नगरेको र कैलाशचन्द्र गोयलसहितका ब्यापारीलाई दिल्लीदेखि दुबई भाग्न सहयोग गरेको आशंकालाई बल पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार