Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ किलो चरेससहित दार्चुलाबाट २ जना पक्राउ


    सोमबार, साउन २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। दार्चुलाबाट ६ किलो चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ किलो १०० ग्राम लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा दार्चुलाकै महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा सोमबा बिहान १ बजेतिर पक्राउ गरेको हो ।

    उनीहरू दुवै जनाले बोकेको झोलामा प्लाष्टिकभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त चरेस फेला परेको थियो ।

    दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार