Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो


    बुधबार, असोज ७ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ ६८ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हालमस्म २ लाख ७ सय ६८ जनाकाे मृत्यु भइसकेकाे छ।

    संक्रमित र मृतकका हिसाबले अमेरिका विश्वमै पहिलो नम्बरमा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका कारण दुई लाख मानिसले ज्यान गुमाउनु भयावह भएको बताएका छन्। तर आफ्नो हस्तक्षेपका कारण यो संख्या अझै न्यून भएको ट्रम्पको दाबी छ। यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा कोरोना भाइरसको संक्रमणका विषयमा अमेरिका र चीनबीच वाकयुद्ध भएको छ।

    महासभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको आरोप लगाएका छन्। सुरुवाती दिनमा आन्तरिक यात्रामा प्रतिबन्ध लगाएपनि अन्तर्राष्ट्रिय उडान बन्द नगरेर चीनले विश्वभर कोरोना भाइरस फैलाएको ट्रम्पको आरोप छ। त्यसप्रति चीनले भने कडा प्रतिक्रिया जनाएको छ।

    महासभालाई चीनबाटै भिडियोमार्फत् सम्बोधन गर्दै राष्ट्रपति सि जिनपिङले अमेरिकाले लगाउँदै आएको आरोपमा कुनै सत्यता नरहेको बताए। कोरोना भाइरसका नाममा गरिने राजनीति बन्द गर्न भन्दै उनले यस्ता कार्यको चीनले निन्दा गर्ने बताएको बीबीसीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार