Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना अपडेट: बुधबार ११ सय ७२ कोरोना संक्रमित थपिँदा १८ सय ९३ जना डिस्चार्ज


    बुधबार, असोज ७ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना भाइरसका थप १ हजार १ सय ७२ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७२ संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या ६७ हजार ९ सय ४ पुगेको छ । 

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४९ हजार ९ सय ५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

    देशभरका संस्थागत आइसोलेसन ८ हजार २ सय २८ जना र होम आइसोलेसनमा ९ हजार १ सय ८६ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १ सय ४ जना क्‍वारेन्टिनमा रहेका छन् । 

    देशभर  जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार