Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणी नदीको सतह बढ्दै, सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन


    बुधबार, असोज ७ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । मुलुकका अधिकांश भेगको लगातार अविरल वर्षा भइरहेकाे छ।  अधिकांश स्थानमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । साेही क्रममा वर्षाका कारण चितवन लगायताक क्षेत्र समेत प्रभावित बनेकाे छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन अनुरोध गरेको छ ।

    बर्षाका कारण जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको छ भने सुरक्षाकर्मीहरुलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ । पानी पर्ने क्रम जारी रहेकाले नारायणी नदीमा पानीको सतह बढ्दो क्रममा छ । यस कारण आसपास नदी नटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध पनि महाशाखाले गरेको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज रातिबाट तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी र कालीगण्डकीमा बहाव उच्च हुने तथा भोलि बिहीबार खतरा आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार