Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल सोमबार ‘ब्रेक थ्रू’ हुँदै


    आइतबार, साउन २१ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको हो ।

    आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको बताइएको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाले जनाएको छ ।

    २.५ किलोमिटर लामो नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलसँगै मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले बताएको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलमा भने ५ सय ६ मिटर खन्न बाँकी छ । यो आयोजना नेपालको पहिलो ठूलो सुरुङमार्ग हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार