Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • उडान पुन: सञ्चालन गर्दै नेवानि, यी हुन् गन्तव्य र उडान तालिका


    बुधबार, असोज ७ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ९ गन्तव्यमा नियमित सेवा प्रारम्भ गरेको छ ।

    नियमित उडान सेवा थालिएका गन्तव्यमा भोजपुर, दाङ्ग, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगञ्‍ज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् । त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगंज, नेपालगञ्‍ज–जुम्ला, जुम्ला–नेपालगञ्‍ज, नेपालगञ्‍ज–रुकुम, नेपालगञ्‍ज–बाजुरा र बाजुरा–नेपालगञ्‍जका लागि पनि उडान निर्धारण गरिएको निगमले जनाएको छ ।

    यात्रुको चाप र मागलाई ध्यानमा राखी गन्तव्य हेरेर हप्ताको ३ दिन, २ दिन उडान तालिका निर्धारण गरेको निगमले जनाएको छ । 

    उडानका लागि नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य सम्वन्धी मापदण्डलाई आधार मानिएको निगमले जनाएको छ ।

    120048129_3320051204776566_6571193862605829463_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार