Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाललाई हिन्दु राष्ट्र बनाउन ढिला भइसक्यो : लिङ्देन


    आइतबार, साउन २१ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले, देशलाई हिन्दु राष्ट्र घोषणा गर्न ढिला भइसकेको तर्क व्यक्त गरेका छन् ।

    आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ प्रतिशत भन्दा धेरै हिन्दू भएको नेपाल धर्मनिरपेक्ष नभएर हिन्दु राष्ट्र बनाउन ढिला भइसकेको बताएका छन् ।

    हिन्दु परम्परा, गौरवर संस्कृतिलाई हिन्दु आफैँले बोक्नलाई लाज मान्न थालेको भन्दै उनले असन्तुष्टि जनाए । हजारौँ वर्षबाट अस्तिस्वमा रहेको वैभवशाली परम्परा, धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने तर्क गर्दै लिङ्देनले भने, ‘वैभवशाली हाम्रो धर्म, परम्परा, संस्कृति जसलाई हामीले गौरवका साथ बोक्न लाज मान्न थाल्यौँ ।’

    उनले धार्मिक संघसंस्थामा रहेका अगुवाहरुले समेत धर्म निरपेक्षलाई अवलम्बन गरेका प्रति असतुष्टि पोखे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार