Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाका युवा नेता जनमतमा प्रवेश


    आइतबार, साउन २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता संजय यादवले आज जनमत पार्टीमा प्रवेश गरेका छन् ।

    जसपाको रौतहट कार्यसमिति सदस्य नेता यादव आजै जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष डा.सिके राउतले सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराए ।

    सामाजिक अभियन्ता समेत रहेका उनी २०७९ मा भएको स्थानीय चुनावमा लोसपाले टिकट नदिएपछि जसपाबाट टिकट लिएर चुनाव लडेका थिए । तर चुनावमा पार्टीकै नेताबाट धोका भएको भन्दै उनले जसपासँग पनि असन्तुष्टि जनाउँदै आएका थिए ।

    उनले भने, ‘जसपामा बडो उत्साहका साथ टिकट लिएर चुनाव लडेँ, तर त्यही क्षेत्रका नेताहरुले षड्यन्त्रपूर्वक मलाई चुनाव हराउने काम गर्नुभयो, यो कुरा मैले पटक पटक पार्टीमा राखे तर कुनै सुनुवाई भएन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार