Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीमा १९ सय ३ जना सक्रिय संक्रमित


    बुधबार, असोज ७ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३९ सय १२ पुगेको छ । जसमध्ये १९ सय ३ जना सक्रिय संक्रमित छन् । 

    काठमाडौं उपत्यकामा मात्रै १ हजार २७ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय ८९ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ७ सय ३८ जना सक्रिय संक्रमित छन् ।

    यस्तै प्रदेश १ मा १ सय ६८ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १ सय ७२ जना, बागमती प्रदेशमा १ सय २९ जना, गण्डकी प्रदेशमा १ सय ५१ जना, प्रदेश ५ मा १ सय ३९ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जना सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार