Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यासिनोमा ९ करोड हारेपछि गुप्ताले आत्महत्या गरेको आशंका


    शनिबार, साउन २० २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गएको मंगलबार आफ्नै घरको ८ तलामाथिबाट हाम्फालेर ब्यापारी संजय गुप्ताले आत्महत्या गरेका छन् । न्यूरोडको मांसमगल्लीम र गैरीधारामा घर भएका उनको आत्महत्याको कारण भने क्यासिोनोमा जुवाको लत नै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको बताइन्छ ।

    क्यासिनोमा जाने लत लागेका उनले ९ करोड हारेपछि मंगलबार घरको ८ तलामाथिबाट हाम्फालेर आत्महत्या गरेको स्रोत बताउँछ । यद्यपि पारिवारिक स्रोतले भने उनी केही समयदेखि डिप्रेसन र युरिक एसिडबाट पीडित भएको बताएको छ ।

    ५५ वर्षीय गुप्ता भारत पश्चिम बंगालको बागडोगराबाट नेपालमा आई चिनियाँ कपडाको ब्यापार गर्थे । उनले नेपाली नागरिकता समेत लिइसकेका थिए । गुप्ता प्रायः मेरियट होटलको क्यासिनो डेल्टिन र हयात रिजेन्सी तारागाउँको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसनमा क्यासिनो खेल्न जाने गरेका थिए । उनले क्यासिनोमा करिब ९ करोड रुपैयाँ हारेको र त्यसै कारण आत्महत्याको तहसम्म पुगेको स्रोतको दाबी छ ।

    क्यासिनोमा नेपालीको ताँती, प्रहरीको संरक्षण

    क्यासिनोमा नेपालीको प्रवेश कानुनतः बर्जित छ । नेपालीलाई जुवा खेलाएमा क्यासिनोको लाइसेन्स जफत हुन्छ । तर प्रहरीकै संरक्षणमा क्यासिनोमा नेपाली प्रवेश गर्ने गरेका छन् । पछिल्लो समय नक्कली भूटानी शरणार्थी र ललिता निवासतिर मुलुकको ध्यान केन्द्रित भएको मौका छोपेर क्यासिनोमा नेपालीको ताँती नै लाग्ने गरेको छ ।

    क्यासिनोको लत लागेका करोडपतिदेखि अरबपति नेपाली पछि सबै हारेर सडकमा आउने गरेका छन् । र, डिप्रेसनका कारण आत्महत्याको तहसम्म पुक्ग्ने गरेका छन् ।

    क्यासिनोको लत लागेकाहरुले पैसाका लागि अपराध गर्ने गरेका छन् । क्यासिनोमा जाने लत लागेका वीरेन श्रेष्ठले २२ जेठ, २०६६ मा अनामनगरकी ख्याति श्रेष्ठको अपहरणपछि क्रूर तरिकाले हत्या गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार