विराटनगर । भद्रपुर-१० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरूषको उपचारका क्रममा बुधबार बिहान विराटनगरमा मृत्यु भएको छ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट टिचिङ अस्पतालको आइसोलेशनमा उपचारका क्रममा बिहान पौने ६ बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो।
त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
वृद्धलाई उपचारका लागि भर्ना गर्दा ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मिर्गौलासम्बन्धी समस्या थियो।