Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनराज गुरुङले भने- म प्रजातन्त्रवादी हुँ, मिडियालाई नियन्त्रण गर्ने कानून बन्दैन


    शनिबार, साउन २० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका उपसभापति एवं कानून न्यायत तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मिडिया क्षेत्रलाई नियन्त्रण गरेर कुनै कानून नबनाउने बताएका छन्।

    मन्त्री गुरुङले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतामा बोलेका साथीहरूले मिडिया सम्बन्धी विधेयक बनाउने क्रममा सुझाव दिन आग्रह गरे।

    ‘म प्रजातन्त्रीवादी हुँ, प्रजातन्त्रवादीले मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने खालको कानून बन्छ भन्ने सोच्नै सक्दिन,’ उनले भने, ‘केही नेताहरू बस्दाखेरी मिडिया क्षेत्रको बारेमा नभएर सोसल मिडियालाई नियमन गर्ने कुरा उठेकै हो।’

    प्रजातन्त्र स्थापना र पुनर्स्थापनाका लागि मिडिया क्षेत्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै मन्त्री गुरुङले प्रजातन्त्रको चीरहरण हुनेगरी विधेयक र कानून नबन्नेमा ढुक्क हुन युनियनका पदाधिकारीलाई आश्वस्त पारे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार