काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । सुन चाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम भएको बताएको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १७ सय घटेको थियो।
मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रहेको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा पुगेको छ ।