Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारत र चीनले सीमा क्षेत्रमा थप सैनिक नपठाउने


    बुधबार, असोज ७ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारत र चीनबीच विवादित सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको छ । सीमा विवादका कारण तनाव बढिरहेको बेला कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई देशबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको हो ।

    दुई देशबीचको वार्तापछि निकालिएको संयुक्त विज्ञप्तीमा सीमामा थप सैनिक नपठाउनेसहित अहिलेको अवस्थामा कुनै किसिमको परिवर्तन नगर्ने विषयमा सहमति बन्न सकेको हो ।

    दुवै देशले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति गरेका छन् । तर अहिले नै सैनिकलाई पछि हटाउने सहमति भने नबनेको खबरमा उल्लेख छ । यस्तै जतिसक्दो छिटो कोर कमाण्डर स्तरको सातौं चरणको बैठक वार्ता गर्ने पनि सहमति भएको छ ।

    सीमा पारी शान्ति कायम गर्नको लागि पनि कुनै ठोस कदम उठाउने बारेमा वार्ता भएको छ । एजेन्सी

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार