Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अल्का र मेघा अस्पतालमा कोरोना संक्रमित दुई जनाको मृत्यु


    बुधबार, असोज ७ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा दुई जनाको मृत्यु भएको छ । अल्का अस्पताल र मेघा अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मेघा अस्पतालमा धापाखेलका ८० वर्षीय वृद्धको मंगलबार मृत्यु भएको छ । उनी भदौ ६ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

    त्यस्तै अल्का अस्पतालमा पाटनका एक जना वृद्धको मृत्यु भएको छ । पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति मृत्यु भएको हो ।

    कलेजोमा समस्या भएका ती वृद्धलाई उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले मृतकको शव व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार