Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितुवाको छालासहित दुई जना पक्राउ


    शुक्रबार, साउन १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। धनगढीस्थित एक होटलबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । धनगढीको बोराडाँडीस्थित न्यु रोहन होटलबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा डडेलधुराको परशुराम नगरपालिका–१२ घर भएका १७ वर्षीय गोविन्द भट्टराई र कञ्चनपुर वेदकोटका ४८ वर्षीय बामदेव जोशी रहेका छन् ।

    सुदूरपश्चिम प्रदेश कार्यालयबाट प्रनानि प्रकाश कडायतको कमाण्डमा खटिएको टोलीले उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरेको छ । चितुवाको छाला कारोबारमा संलग्नहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार