Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन खर्च नबुझाउने विनोदमणि भट्टराईलाई १५ हजार जरिवाना नगर्न अन्तरिम आदेश


    शुक्रबार, साउन १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले मोरङ–२ का हाम्रो नेपाली पार्टीका उम्मेद्वार विनोदमणि भट्टराईलाई निर्वाचन खर्च नबुझाएको कारणबाट १५ हजार रुपैयाँ जरिवाना नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    निर्वाचन सकिएपछि भट्टराईले निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेश गरेको देखिएको भन्दै सर्वोच्च अदालतले सुविधा र सन्तुलनको कारण देखाइ उनलाई जरिवाना नगर्न अन्तरिम आदेश दिएको हो ।

    न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसमम जविरानाको निर्णय कार्यान्वयन नगर्न भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार