Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भाइ चौकीदार पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा कारागारको अवस्था सामान्य


    शुक्रबार, साउन १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । झापा जिल्ला कारागार भद्रपुरमा भएको घटना साम्य भएको छ । झण्डै २ घण्टा अशान्त भएको कारागार शान्त भएको हो । कैदीबन्दी र प्रशासनबीचको वार्तापछि कारागार शान्त बनेको हो ।

    प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल,सुरक्षाका प्रमुखहरुसँग कैदीबन्दीले राखेको माग सम्बोधन गर्ने भनेपछि अवस्था सामान्य बनेको बताइएको छ । कैदीबन्दीहरुले चौकीदार लय शिवाकोटीलाई हटाउनुपर्ने र भाइ चौकीदारलाई सरुवा गर्न नहुने माग राखेका छन् । उनीहरुको मागलाई उचित ढंगबाट सम्बोधन गर्ने भनेपछि कैदीबन्दीहरु सहमतिमा आएका छन् ।

    आज भाइ चौकीदार मनोज लावतीलाई झुम्का सरुवा गर्ने तयारी थियो । लावतीलाई हत्कडी लगाउनासाथ होहल्ला गरेपछि कैदीबन्दीले झडप गरेका थिए । उनीहरुले लावतीलाई सरुवा गर्न नहुने भन्दै नाराबाजी गर्दै आगजनीसमेत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार