Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओली भेट्न बालकोट पुगिन् नायिका रीमा विश्वकर्मा


    शुक्रबार, साउन १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री रीमा विश्वकर्माले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । बिहिबार उनले बालकोटस्थित निवासमै पुगेर ओलीसँग भेट गरेकी हुन् ।

    रीमाले सामाजिक सञ्जाल मार्फत ओलीसँग जानकारी दिँदै उनको व्यक्तित्वबाट आफू प्रभावित भएको बताएकी छन् ।

    विश्वकर्माले ओलीसँगको भेटका केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसमा उनको ओलीसँग चिया गफ भएकोदेखि टेबुल टेनिस खेलेर रमाइलो गरेको समेत देखिन्छ ।

    ओलीसँग भेटको तस्बिरका साथ उनले लेखेकी छन्, ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रै’छ । नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला । तर व्यक्ति ‘केपी बा’ चै वास्तवमै प्रभावशाली लाग्यो । परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसाथ गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार