काठमाडौं । कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ जिल्ला छनोट गरिएको छ। प्रदेशका नौ जिल्लामा रहेका २० वटा स्थानीय तहमा स्याउ, सुन्तला, ओखरजस्ता फलफूल खेतीलाई २ हजार ६ सय हेक्टर क्षेत्रफलमा विस्तार गर्न थालिएको हो।
किसानको आम्दानी वृद्धि गर्न नौवटा जिल्लामा फलफूल खेती विस्तार गर्न लागिएको हो। यो कार्यक्रमबाट प्रदेशमा फलफूलको उत्पादन बढ्ने र यसले किसानको जीवनस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाइ सुर्खेतले कर्णालीका २० वटा पालिकामा यो कार्यक्रम सञ्चालन हुने जनाएको छ।
हाल कृषि विकास निर्देशनालयमा आयोजना कार्यान्वयन एकाइ स्थापना गरिएको छ। आयोजनाका व्यवस्थापक एवं कृषि विकास निर्देशक चित्रबहादुर रोकायाले मुख्य गरी स्याउ, सुन्तला, ओखर, पिकानट्स र बदाम खेती विस्तार गरिने बताए। उनले भने, ‘कर्णालीमा फलफूलको सम्भावना धेरै छ, अहिले पनि किसानले फलफूलबाटै जीविकोपार्जन गर्दै आएका छन्। तर, अब हामीले यसलाई थप विस्तार र व्यावसायिक बनाउने छौं, प्रदेशका नौवटा जिल्लामा अब फलफूल खेतीलाई विस्तार गर्दैछौं।’
अब प्रदेशमा स्याउ १ हजार ४ सय ५० हेक्टर, सुन्तला ३ सय ५० हेक्टर, ओखर ६ सय हेक्टर, पिकानट्स एक सय हेक्टर र बदाम खेतीलाई एक सय हेक्टर गरी प्रदेशभर थप दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार गरिनेछ।
उनका अनुसार साविक कर्णालीका जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ र ओखर खेती विस्तार हुनेछ। यस्तै दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा भने सुन्तला, बदाम र पिकानट्स खेती विस्तार हुनेछ। काष्ठफल र फलफूलको क्षेत्रमा मात्र केन्द्रीय परियोजना भएकाले कर्णालीमा यस खेतीको विस्तार, उत्पादन र बजारीकरण बढाउने लक्ष्य लिइएको छ। यस खेतीका लागि निजी, सहकारी र ठूला कम्पनीहरूले सहकार्य गर्नुपर्नेछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend