Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने


    शुक्रबार, साउन १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि सुरू बैठकको आज तेस्रो दिन हो ।

    हिजो र अस्ति गरी करिब ५० जना नेताले आ-आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहन्छ । मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

    सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार