Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु, चारजना मृत फेला


    बिहिबार, साउन १८ २०८०
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं।देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ भने फरक फरक स्थानमा चारजना मृत फेला परेका छन्।

    रौतहट, माधवनारायण नगरपालिका-२ खेसरहियास्थित सडकमा शिवनगरबाट खेसरहियातर्फ जाँदै गरेको ना.६३ प ९७३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय राजकपुर राय यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

    उदयपुर, चौदण्डीगडी नगरपालिका-६ खत्री टोलमा मदनभण्डारी लोक राजमार्गबाट खत्री टोलतर्फ जाँदै गरेको प्र.१०५००१ प ८५०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ हाङबजार बस्ने २३ वर्षीय दिपसन मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको घरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    धादिङ, थाक्रे गाउँपालिका-२ सिमस्थित सडकमा मालडुङबाट महादेववेशीतर्फ जाँदै गरेको प्र.२-०३-००१ त ४३१९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-३ मालडुङ बस्ने ६० वर्षीय रामप्रसाद अर्यालको मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    मृत फेला
    रोल्पा, रून्टिगढी गाउँपालिका-९ चौखे बस्ने १८ वर्षीय नन्दलाल चन्द आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार