Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविले ल्याएको ‘ब्लु बस’बारे शंकरको टिप्पणी- महिलाका लागि बस ‘फ्री’‍ गराएर भोटको राजनीति गरे


    बिहिबार, साउन १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं।प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाका लागि नि:शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले भोटको खेती गरेको उल्लेख गरेका छन्।

    महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो टिप्पणी गरेका हुन्।

    चितवन- २ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले आफू निर्वाचित भएको सय दिनको अवसरमा त्यहाँ महिलाका लागि नि:शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन्। रविले यस दिनको अवसरमा यससँगै रोजगारी लगायतका नयाँ निर्णय पनि सुनाएका थिए।

    ‘आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान्? जिज्ञासा उठ्नु स्वाभाविक हो। नेपाली समाजमा यतिबेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ। चितवन महिला जागरण र जागृतिको थलो हो’, महासचिव पाेखरेलले फेसबुकमा लेखेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार