Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनवा जित्न अमेरिकी राष्ट्रपति ट्रम्पले अपनाए यस्ताे हतकण्डा


    मंगलबार, असोज ६ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जित्न काेराेना भाइरसबारे झुठाे अभिब्यक्ति दिएका छन्। उनले फेरि एकपटक कोरोना भाइरसबारेको अभिव्यक्तिले विवादमा तानिएका छन् । सोमबार राती चुनावी र्यालीका दौरानमा ट्रम्पले कोरोना भाइरसले जेष्ठ नागरिकलाई असर गरेपनि युवालाई केही नहुने झुठो दाबी गरेका थिए । ‘१८ वर्ष मुनिका झन्डै कोही पनि व्यक्तिलाई यसले कुनै असर गर्दैन । हृदयघात तथा अन्य रोग भएका वृद्धवृद्धा यसको प्रमुख जोखिममा हुन्छन्,’ र्यालीमा उनले भने । 

    यसअघि १९ मार्चमा वासिङटन पोस्टका एशोसियट एडिटर बब उडवार्डसँगको अन्तर्वार्ताका दौरान ट्रम्पले धेरै युवाहरु कोरोनाबाट प्रभावित भएको बताएका थिए । यसक्रममा उनले भाइरसको जोखिमलाई आफुले कम आँकेको पनि स्वीकारेका थिए ।  ट्रम्पले कोरोनाबारे सुरुदेखि नै विवादास्पद अभिव्यक्तिहरु दिँदै आएका छन् । उनले सुरुवातमा यस भाइरसलाई ‘चाइना भाइरस’ भन्ने गरेका थिए । जसकारण,चीनसँगको अमेरिकाको सम्बन्ध थप बिग्रियो । त्यस्तै, उनले लामो समयसम्म मास्क लगाउन समेत अस्वीकार गर्दै आएका थिए । 

    कोरोना भाइरसको खोपका विषयमा पनि अमेरिकाका विज्ञहरुसँग ट्रम्पको मत बाझिएको छ । ट्रम्पले ३ नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचन अगावै खोप बजारमा आइसक्ने बाचा गरेका छन् । यद्यपि, विज्ञहरु त्यस समयसम्म खोप तयार हुनै नसक्ने तर्क गरिरहेका छन् । महामारीलाई राम्ररी नियन्त्रण गर्न नसकेको आरोप पनि ट्रम्प प्रशासनमाथि लाग्ने गरेको छ । विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित देशको सूचिमा अमेरिका पहिलो नम्बरमा छ ।

    यहाँ ७० लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २ लाख ५ हजार ५ सय ६ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ । अमेरिकामा अहिलेसम्म ४२ लाख ९९ हजार ५ सय २५ जना कोरोनाबाट निको भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार