Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षमान पुनको दाबी- केही गर्न सकिन्छ भन्ने सन्देश लिएर केन्द्रीय सदस्य वडा-वडामा जान्छौं


    बुधबार, साउन १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीका केन्द्रीय सदस्यहरू ६ हजार ७४३ वडामै पुग्ने दाबी गरेका छन्।

    पुनले सरकारबाट भएका केही कामहरू देखाएर केही गर्न सकिन्छ भन्ने सन्देश दिन जनतामाझ पुग्न लागेको बताए।

    ‘अहिले जनताहरू निराश छन्। स्थापित दलहरूबाट हुँदैन। कसैले पनि गर्दैन, सबै उस्तै हुन् कि भन्ने खालको बनेको छ,’ बुधबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारले, नेतृत्वले केही काम गर्छ भन्ने संकेत देखिएका छन्। सकिन्छ, सम्भव छ, दलहरू सच्चिएर, परीक्षणमा बस्न तयार छ, माओवादी केन्द्र तयार छ भन्ने सन्देश लिएर, जनताका आलोचना र सुझावहरू सुन्छौं।’

    सरकारले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन, ललिता निवास प्रकरण, सुन तस्करीका घटनालाई छानबिन गर्ने र नियन्त्रण गर्ने, समयमै पाठ्यपुस्तक पुर्‍याउने, मल पुर्‍याउने, मिटरब्याजसम्बन्धी कानुन बनाउनेलगायत महत्वपूर्ण काम गरेको उनले बताए।

    उनले ३ महिने सांगठनिक अभियान चलाएर केन्द्रीय सदस्यहरू ६ हजार ७४३ वटा वडामा पुगेर कार्यक्रमहरू सञ्चालन गर्ने पनि बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार