धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकाबाट प्रतिबन्धित औषधिसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथर जोरपाटी-६ सिधुवा बजारमा बस्दै आएका २३ वर्षीय फुर्सुदी शेर्पा रहेको प्रहरीले जनाएको छ ।
शेर्पा बस्ने कोठाबाट प्रतिबन्धित औषधि ईस्पासपेन १ हजार ५ सय ५५ र ट्रामोल १ हजार १ सय ५८ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यकर्मीका अनुसार, शरीर दुखाइ कम गर्न प्रयोग गरिने उक्त औषधि चिकित्सकको सल्लाहबिना बिक्री वितरण तथा सेवन गर्न मनाही गरिएको छ । उक्त औषधि लागूऔषधको रुपमा समेत प्रयोग गर्ने गरिएको प्रहरीको भनाइ छ । सिधुवा प्रहरी चौकीबाट खटिएका प्रहरीले मंगलबार औषधि बरामद गरेको हो ।
यसैबीच, पक्राउ परेका शेर्पालाई बरामद गरिएको औषधिसहित बुधबार औषधि व्यवस्था विभाग विराटनगरमा पठाएको प्रहरी निरीक्षक श्रेष्ठले जनाए । विभागले छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend