Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न भन्दै काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा


    बुधबार, साउन १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं प्रहरी परिसर कार्यालयमाथि आज ढुंगामुढा भएको छ । विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै तामाङ समूदायले प्रहरी कार्यालयको गेटमाथिनै ढुंगामुढा गरेका हुन् ।

    अधिवक्ता पक्राउको माग गर्दै ढुंगामुढा भएको हो । उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी भने लिइसकेको छ । केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुभाइबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेकी थिइन् ।

    काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार आन्दोलनकारीको ढुंगामुढाबाट १०–१२ जना प्रहरी घाइते भएका छन् । केही घाइते प्रदर्शनकारीसहितलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

    प्रहरीका अनुसार आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले आन्दोलन थालेको थियो । यसैबीच प्रहरीले अधिवक्ता पाण्डेलाई बिहानै नियन्त्रणमा लिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार