काठमाडौं । काठमाडौंमा ५ सय ११ सहित उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५ सय ११ , भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, मंगलबार नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ। संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४ सय २९ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ८ सय २३ जना घर फर्किएका छन्।