मोरङ। सुनसरी प्रहरीले विराटनगरका रोहित चौधरी हत्याकाण्डमा जोडिएको भन्दै दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार घटनामा संलग्न तीनजनामध्ये दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको पहिचान बुधबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइने प्रहरी उपरीक्षक ढकालले बताए।
पक्राउ परेका व्यक्तिको साथबाट हतियारसमेत बरामद भएको उनले जानकारी दिए।
उक्त घटनापछि फरार रहेका अर्का शंकास्पद व्यक्तिलाई चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ।
जन्मदिन मनाउने क्रममा विराटनगरबाट भेडेटार, मूलघाट हुँदै विराटनगर घर फर्कने क्रममा २८ वर्षीय चौधरीको धरानको सेउती खोला पुल नजिक गोली प्रहार गरी हत्या गरिएकाे थियाे।
युवतीका साथ जन्मदिन मनाएर फर्कने क्रममा साउन ५ गते उक्त घटना भएकाे हाे।
घटनापछि चौधरीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो। चौधरीको उपचारका क्रममा बेलुका ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend