मोरङ। सुनसरी प्रहरीले विराटनगरका रोहित चौधरी हत्याकाण्डमा जोडिएको भन्दै दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार घटनामा संलग्न तीनजनामध्ये दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको पहिचान बुधबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइने प्रहरी उपरीक्षक ढकालले बताए।
पक्राउ परेका व्यक्तिको साथबाट हतियारसमेत बरामद भएको उनले जानकारी दिए।
उक्त घटनापछि फरार रहेका अर्का शंकास्पद व्यक्तिलाई चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ।
जन्मदिन मनाउने क्रममा विराटनगरबाट भेडेटार, मूलघाट हुँदै विराटनगर घर फर्कने क्रममा २८ वर्षीय चौधरीको धरानको सेउती खोला पुल नजिक गोली प्रहार गरी हत्या गरिएकाे थियाे।
युवतीका साथ जन्मदिन मनाएर फर्कने क्रममा साउन ५ गते उक्त घटना भएकाे हाे।
घटनापछि चौधरीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो। चौधरीको उपचारका क्रममा बेलुका ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend