काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप १ हजार ३ सय ५६ संक्रमित फेला परेका छन् । योसँगै कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय २३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४८ हजार ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ३४ हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेशनमा ९ हजार १ सय ९३ जना र होम आइसोलेशनमा ८ हजार ९ सय ४९ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १७१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भैरहको छ । देशभर २ सय २३ जना आईसीयूमा राखेर उपचार भैरहेको छ ।