Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय शिक्षा विधेयक संसदमा पठाउने सरकारको निर्णय


    मंगलबार, साउन १६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो ।

    त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधावापत २० करोड अनुदान स्वीकृत गरेको छ ।

    बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषमया पनि छलफल भएको छ । यो विषयमा कृषि मन्त्रालयले प्रस्ताव गरेर मन्त्रिपरिषदमा पेश गर्ने र त्यस अनुसार निर्णय गर्ने छलफल भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार